१३‌औँ सागः नेपालको स्वर्ण पदकको सङ्ख्या २३



तेक्वान्दोमा मङ्गलवार अपरान्ह थप दुई स्वर्ण जितेपछि नेपालको १३औँ दक्षिण एशियाली खेलकुद सागमा कुल स्वर्ण पदक सङ्ख्या २३ पुगेको छ।

बीरबहादुर महराले पाकिस्तानका खेलाडी मोहमद फाहिमलाई ६८ केजी ग्यारोगी विधामा हराएर स्वर्ण जितेका हुन्।

महिला ४६ केजी मुनिको तौल समूहमा काजल श्रेष्ठले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०-१४ अङ्कले हराएकी हुन्।

उनले सेमीफाइनलमा भारतीय खेलाडीलाई पराजित गरेकी थिइन्। उनको पदक नेपालले मङ्गलवार जितेको सातौँ पदक हो।

करातेको कुमितेतर्फ ६८ केजी तौल समूहको फाइनलमा सुनिता महर्जनले पाकिस्तानी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी छन्।

एथलेटिक्समा महिलाहरूको १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले ३५ मिनेट ७.९४ सेकेन्डमा दौड पूरा गरेर जितेकी हुन्।

उनी भारतकी कविता यादवभन्दा मिलिसेकेन्डले मात्रै अगाडि रहेकी थिइन्। नेपाली महिला एथलेटिक्समा दक्षिण एशियाली स्तरको स्वर्ण जितेको यो पहिलो पटक हो।

यसअघि नेपालको यस विधामा उत्कृष्ट प्रदर्शन कान्छीमाया कोजुले सन् २००६ को श्रीलङ्का सागमा जितेको रजत पदक थियो।

मङ्गलवार नै नेपालले उसुमा दुई, ट्रायथलन र करातेमा एक-एक स्वर्ण पदक जितिसकेको छ। पोखरामा भएको ट्रायथलनको डुआथलन विधामा हिमाल टमाटाले स्वर्ण र लक्ष्मण मल्लले रजत पदक जितेका हुन्।

डुआथलनमा सडक दौड, साइकल दौड र फेरि सडक दौड समावेश हुन्छ। करातेमा नवीन रसाइलीले ६७ केजी तौल समूहको फाइनलमा पाकिस्तानी खेलाडीलाई पराजित गरेका हुन्।

लगनखेलमा आयोजित उसुको थाउलु छान्क्वानमा पुरुषतर्फ विजय सिञ्जाली र महिलातर्फ सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन्।

तरबारसहित कला प्रदर्शन गरिने विधामा सिञ्जालीले ९.४८ अङ्क प्राप्त गरेर बाङ्ग्लादेशको मोहम्मद ओमार र श्रीलङ्काको सौम्य प्रभाकरलाई पछाडि पारे।

ओमारले ९.३४ र प्रभाकरले ९.१३ अङ्क प्राप्त गरेका थिए। तामाङले भने सहजै विजय प्राप्त गरिन्। उनले ९.४४ अङ्क प्राप्त गरिन् भने रजत पदक विजेत बाङ्ग्लादेशकी नूर बहार बेगमले ८.५५ अङ्क प्राप्त गरिन्। श्रीलङ्काली खेलाडी थाग बाग्सालाले ७.५३ अङ्कका साथ कास्य जितिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भिजिट भिसाको दुरुपयोग गर्नेहरुमाथि कडा निगरानी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसाको दूरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गरेका

आहा रारा गोल्डकपमा थ्रीस्टार आर्मीसँग पराजित

पोखरा । बीसौँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः स्वदेशमै मल कारखानाजस्ता सरकारका प्राथमिकताका क्षेत्रमा लगानी गर्नुस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा खाद्यान्न सङ्कट र कठ्याङ्ग्रिदो चिसो बढेका बेला

परिवार नै अवैध क्रिप्टोकरेन्सी कारोबारमा

काठमाडौं । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारमा परिवार नै संलग्न रहेको तथ्य सार्वजनिक