सागको पहिलो दिनमै नेपाललाई चार स्वर्ण



नेपालले १३औं दक्षिण एशियाली खेलकुद सागमा ट्रायथलनमा ऐतिहासिक स्वर्ण पदक जितेको छ। महिलातर्फको एलिट स्प्रीन्ट प्रतिस्पर्धामा नेपालकी सोनी गुरुङले एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै स्वर्ण जितेकी हुन्।

उनले भारतीय खेलाडीलाई १५ सेकेण्डले पछाडि पारिन्।  त्यस्तै नेपालले करातेमा दुई र तेक्वान्दोमा एक स्वर्ण पदक जितेको छ। करातेमा पुरुष एकल काता र महिला टिम कातामा नेपालले स्वर्ण जितेको हो।

करातेको महिला टिम कातामा स्वर्ण जित्ने टोलीमा निर्मला तामाङ, संगीता मगर र सरु कार्की रहेका छन्। पोखरामा भएको ट्रायथलन प्रतिस्पर्धामा गुरुङले भारतका दुई खेलाडीलाई पछाडि पारेकी थिइन्।

ट्रायथलनमा पौडी, साइकल दौड र दौड समावेश हुन्छ। पुरुष ट्रायथलनमा नेपालका बसन्त थारुले कास्य पदक जिते। भारतीय खेलाडी आदर्श सिनीवालले यसमा स्वर्ण जितेका छन्।

तेक्वान्दोको २३ देखि २९ वर्ष उमेर समूहको एकल पुम्से विधामा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक जितेका हुन्। उनले भारतका राहुल जैनलाई हराएर स्वर्ण जितेका हुन्।

यसअघि नेपालले करातेबाट पहिलो स्वर्ण पदक जितेको थियो। पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले फाइनलमा सोमवार पाकिस्तानी खेलाडी नियमातुल्लाहलाई पराजित गरेका हुन्। श्रेष्ठले २६.७२ अङ्क प्राप्त गरे भने नियमातुल्लाहले २४.९२ अङ्क प्राप्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लियो लिभरपुल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । बुधवार

डिएफसी मोरङ किराँत गोल्डकपको फाइनलमा 

  पाँचथर । पाँचथरको फिदिममा जारी प्रथम किराँत गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बुधबार भएको

एलपीएलमा घोडाघोडी र कैलाली विजयी

सुदूरपश्चिम । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट

नेपाल सुपर लिगमा इलामलाई पराजित गर्दै पोखरा शीर्ष स्थानमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्स शीर्ष स्थानमा उक्लिएको छ ।