नेपाली ब्याडमिन्टन टोलीको १३ औंँ दक्षिण एसियाली प्रतियोगिताको विजयी सुरुवात



कास्की । नेपाली ब्याडमिन्टन टोलीले पोखरामा १३ औंँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आइतबार पोखरा रंगशालामा भएको मेन्स टिम इभेण्टमा नेपाली टिमले भुटानी टिमलाई पराजित गर्दै सेमि फाइनलप्रवेश गरेसँगै पदक पक्का भएको हो । नेपालका लागि रत्नजित तामाङले भुटानका अनिष गुरुङलाई २१–६ र २१–९को सोझो सेटले पराजित गरेका हुन् ।

पोखरा रंगशालामा रहेको ब्याडमिन्टन कभर्ड हलमा भएको प्रतिस्पर्धामा दिपेश धामीले भुटानका नैदुप दोर्जेलाई सोझो सेटमा पराजित गर्ने क्रममा २१–१३, २१–१४ को नतीजा निकालेको हो । त्यसैगरी प्रिन्स दाहालले भुटानी खेलाडी नोर्बु ड्रढुललाई २१–१२, २१– ५ को सेटमा पराजित गरे । महिलातर्फको टिम इभेण्ट प्रतिस्पर्धामा नेपालकी नङसालदेवी तामाङले बंगलादेशकी साल्पा अख्तरलाई २१–१८ र १५–२१ र २१–१७ को सेटमा पराजित गरिन् । त्यसैगरी रसिला महर्जनले बंगलादेशकै एलिना सुल्तानालाई २८–२६ र २१–१९ को सेटमा पराजित गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल मलेसियासँग पराजित

काठमाडौं । पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित

विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ

सातदोबाटोविरुद्ध एनआरटीको जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ