नेपाल प्रहरीलाई फुटबलको विकासका लागि नेपाल टेलिकमले ३२ लाख सहयोग



काठमाडौं । नेपाल प्रहरीको फुटबल क्षेत्रको विकासका लागि नेपाल टेलिकमले सहयोग गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नेपाल पुलिस क्लबको महिला तथा पुरुष फुटबल खेलाडीलाई प्रायोजन गर्न नेपाल टेलिकमले ३२ लाख रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै टेलिकमको लोगो अङ्कित पोशाक लगाएर खेलाडीहरुले खेल खेल्नेछन् । सम्झौता अवधि एक वर्षको हुनेछ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सम्झौताले लोकप्रिय खेल फुटबललाई थप उचाईमा पुर्याउन सहयोग पुग्ने बताए । प्रहरी र नेपाल टेलिकमबीच विस २०६८ सालदेखि फुटबलमा सम्झौता हुँदै आएको छ ।

सुरुको दिनमा पुरुष फुटबल खेलाडीका लागिमात्र प्रायोजन गर्दै आएको टेलिकमले विस २०६९ सालदेखि महिला खेलाडीलाई समेत सहयोग गर्दै आएको छ । सुरुका दिनमा वार्षिक १६ लाख उपलब्ध गराउँदै आएको टेलिकमले अहिले वार्षिक ३२ लाख उपलब्ध गराउने गरी सम्झौता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युरोकपमा बेल्जियमको विजयी शुरुवात

स्ट्राइकर रोमेलु लुकाकोको दुई गोलको मद्दतमा बेल्जियमले युरोकपमा विजयी शुरुवात गरेको छ ।

एरिक्सनको स्वास्थ्य सुधार, फिनल्याण्डबिरुद्धको खेल आज नै खेलिने

डेनमार्कको फुटबल एशोसिएसनले क्रिस्टियन एरिक्सन होसमा रहेको र डेनमार्कको ठूलो मध्ये एक रहेको

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भाग लिने खेलाडीलाई १० हजार भत्ता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ ।

मैत्रीपुर्ण फुटबलमा फ्रान्सको सानदार जित,स्पेन,सेनेगल र चेक रिपब्लिक पनि विजयी

अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलमा स्पेन, फ्रान्स, चेक रिपब्लिक र सेनेगल विजयी भएका छन्