३ क्रिकेट खेलाडीलाई ब्रान्ड एम्बेस्डर घोषणा



भारतमा उत्पादित हिमालयन रेन्ज ब्राण्डको क्रिकेट ब्याट सार्वजनिक भएको छ । बुधबार पोखरामा राष्ट्रिय टोलीका पूर्व खेलाडी दीपेश खत्री, विधान श्रेष्ठ,गोविन प्रधान र वीरेन पुनले ब्याट सार्वजनिक गरेका हुन् ।
भारतमा उत्पादित ब्याट नेपालमा बिक्री वितरण गर्ने उद्देश्यले क्रिकेट ब्याट व्यवसाय सुरु गरेको हो । नेपालमा पाइने ब्याट महंगो पर्ने भएकाले सस्तो मूल्यमै गुणस्तरीय ब्याट बिक्री वितरण गर्न व्यवसाय सुरु गरेको पूर्वखेलाडी दीपेश खत्रीले सुनाए । गुणस्तरका आधारमा यसको मूल्य ५ हजारदेखि २० हजारसम्म रहेको छ ।
हिमालय रेन्जले पोखराका ३ क्रिकेट खेलाडीलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ । १९ वर्ष मुनिका नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका श्रृष्टि पौडेल , शीला रेग्मी र राष्ट्रिय क्रिकेट खेलाडी अनिल गुरुङलाई ब्रान्ड एम्बेस्डर घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लियो लिभरपुल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । बुधवार

डिएफसी मोरङ किराँत गोल्डकपको फाइनलमा 

  पाँचथर । पाँचथरको फिदिममा जारी प्रथम किराँत गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बुधबार भएको

एलपीएलमा घोडाघोडी र कैलाली विजयी

सुदूरपश्चिम । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट

नेपाल सुपर लिगमा इलामलाई पराजित गर्दै पोखरा शीर्ष स्थानमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्स शीर्ष स्थानमा उक्लिएको छ ।