१३ औं सागः महिला भलिबल खेलमा बंगलादेशलाई पराजित गर्दै नेपाल विजयी



काठमाडौं । १३ औं साग अन्तर्गतको पहिलो खेलमा नेपाल विजयी भएको छ । बुधबार दिउँसो भएको महिला भलिबल खेलमा बंगलादेशलाई पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।

वेस्ट अफ थ्रीअर्न्तगतको खेलमा नेपालले बंगलादेशलाई २५-९, २५-९ र २५-११ गरी ३- ० सोझो सेटमा पराजित गरेको हो । घरेलु कोर्टमा नेपाल महिला टोली सुरुवातदेखि नै दवाव कायम गरेका थिए ।

बंगलादेशले खेल अवधिभर कुनै समय नेपालमाथि दबाब राख्न सकेनन् । कमजोर देखिएको बंगलादेशमाथि नेपालले पहिलो र दोस्रो सेट समान २५-९ अन्तरले जितेको थियो । तेस्रो सेटमा बंगलादेशले सुरुवाती समयमा चुस्त प्रतिस्पर्धा दिएपनि सोझो सेटको हार टार्न सकेन ।

समुह ए मा नेपाल, भारत र बंगलादेश रहेका छन् । समुह बी मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन् । नेपालले दोस्रो खेलमा विहीबार स्वर्णको दाबेदार भारतसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइपीएलमा कोलकत्ता नाइट राइडर्सको पहिलो जित

कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी

प्रिमियर लिगमा एभर्टनको तेस्रो जित

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको

आइपीएलमा दिल्ली क्यापिटल्सको दोस्रो जित

इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ । गएराति भएको

आइपीएलमा किङ्स इलेभेन पन्जाबको पहिलो जित

युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलेभेन पन्जाबले पहिलो जित