सागको प्रसारण अधिकार भारतीय कम्पनीलाई बेच्ने निर्णयमा सहमत हुन सकिँदैनः गणेश थापा
काठमाडौंमा आयोजना हुन लागेको सागको प्रसारण अधिकार भारतीय कम्पनीलाई बेच्ने निर्णय राम्रो हो। तर nepali मिडियाहरुलाई राखेका शर्तहरुमा कुनै पनि हालतमा सहमत हुन सकिँदैन।
जुन किसिमका शर्तहरु राखिएका छन् त्यसमा सम्बन्धित निकायले पुनर्विचार गर्नुपर्ने देखिन्छ। आफ्नै देशमा हुन लागेको प्रतियोगितामा यस किसिमबाट nepali मिडियाहरुलाई अलग राखेर प्रतियोगिता सञ्चालन सफल हुन सक्दैन भने आम नेपालीहरुले यस प्रतियोगिताका खबरहरु राम्रोसँग हेर्न पाउनेछैनन्।
त्यसकारण प्रसारण बेच्ने कुरा पनि होस् तथानेपाली मिडियाहरुले पनि सजिलैसँग समाचारहरु लेख्ने वातावरण हुनुपर्दछ भन्ने मेरो सुझाब र सल्लाह हो।