सागको काउन्टडाउन सुरु



काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को काउन्टडाउन सुरू गरिएको छ । शनिबार प्रचारप्रसार तथा प्रकाशन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् एवं १३ औं साग आयोजक समितिका सदस्यसचिव रमेशकुमार सिलवालले यसबारेमा जानकारी गराएका हुन् ।

कार्यक्रममा सागको प्रोमो र आधिकारिक वेबसाइट पनि सार्वजनिक गरिएको छ । सदस्य–सचिव सिलवालले १३ औं सागमा ५० स्वर्ण जित्ने लक्ष्य रहेको बताए । यसअघि १९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले ३१ स्वर्ण जित्दै दोश्रो स्थान हात पारेको थियो ।

सदस्य–सचिव सिलवालले साग खेल सारा नेपालीहरुको गौरवको विषय रहेको बताउदै यसलाई सफल पार्न सबै पक्षसंग आव्हान गरे । दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नोभेम्बर २० तारिखसम्म खेलाडीको नाम दर्ता गर्ने तिथी रहेकाले त्यसपछि मात्र खेलाडीहरुको पूर्ण जानकारी प्राप्त हुने बताए ।

सागमा २७ खेल (बिच भलिबल र थ्री अन थ्री बास्केटबल) समेत गरि सागमा कुल २९ खेल समावेश गरिएको छ । २० वर्ष अगाडि जम्मा १२ खेल समावेश गरि आठौं दक्षिण एसियाली खेलकुद आयोजना भएको थियो । अहिले दोब्बर भन्दा बढी खेल समावेश भएकोले ब्यवस्थापन पनि सोही अनुरुप दोब्बर भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली क्रिकेट टोलीको विदाई

काठमाडौं । अमेरिकामा आयोजना हुने आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक

नेपाल टी ट्वान्टी लिगको टेन्डर आह्वान

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिग प्रतियोगितामा

क्रिकेट खेलाडीको पारिश्रमिक बृद्धि

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ टोलीको नाम

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने

काठमाडौं । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ