ऐतिहासिक उपाधि जितेका नेपाली महिला भलिबल खेलाडीले जनही तीन लाख रुपैयाँ पाउने



काठमाडौं । नेपाली महिला भलिबल टोलीका सबै सदस्यले जनही तीन तीन लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । बंगलादेशमा सम्पन्न पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता टोलीलाई सरकारले नगदसहित सम्मानित गर्ने भएको छ ।

स्वदेश फर्किएको महिला टिमलाई स्वागत गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नगद पुरस्कारको घोषणा गरेका हुन् । ढाकामा बिहीबार सम्पन्न च्याम्पियनसिपको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको थियो ।

नेपालले ५ राष्ट्र सम्मिलित प्रतियोगितामा उपाधि जित्ने क्रममा सबै खेलमा एकपक्षीय नतिजा हासिल गरेको थियो । भलिबलमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने क्रममा नेपालले बिहीबार माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको हो ।

नेपालले प्रतियोगिता अवधिभर एक सेट पनि गुमाएन । नेपाली टोलीमा अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, कमला पुन, रेश्मा भण्डारी, उषा विष्ट, सलिना श्रेष्ठ, सुनिता खड्का, निरुता ठगुन्ना, पुनम चन्द, सफिया पुन, जानकी भण्डारी छन् । मुख्य प्रशिक्षकमा जगदीश भट्ट, प्रशिक्षकमा सलिना श्रेष्ठ र भरत यादव तथा व्यवस्थापकमा रिता कोइराला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसियाडमा चीनको वर्चस्व

आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ ।

महिला फुटबलमा जापानले हान्यो नेपाललाई आठ गोल

काठमाडौं । १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोली जापानसँग

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल यू–१९ साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

एसियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शन

हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन