एसीसी इमर्जिङ कपमा नेपाल भारतसँग पराजित



काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल भारतको इमर्जिङ टोलीसँग पराजित भएको छ । ढाकामा बिहीबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टिमसँग सात विकेटले पराजित भएको हो ।

ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा नेपालले दिएको १९४ रनको लक्ष्य भारतले ४२ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गरेको थियो । भारतलाई जित दिलाउन शनबिर सिंह र अर्मान जाफरले अर्धशतकीय पारी खेले ।

शनबिरले ५६ रनको अर्धशतकीय इनिङ्स खेल्दा अर्मानले अविजित रहँदै ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै बेलुर रभी सरथले ४९ रन जोड्दा आर्यन जुएलले २९ रन बनाए ।बलिङतर्फ नेपालका लागि करण केसी, सुशन भारी र ललित नारायण राजवंशीले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ५ बलमा विकेट गुमाउँदै १९३ रन बनाएको थियो । नेपालका लागि पवनले अर्धशतकीय पारी खेलेका थिए ।

छैटौं नम्बरमा ब्याटिङ गर्न आएका उनले ४९ बल खेल्दै ७ चौका र २ छक्काको सहयोगमा ५६ रन पूरा थिए । यसअघि १९ ओभरको खेल सकिँदा नेपालले तीन विकेट गुमाएर मात्र ५८ रन बनाएको थियो । नेपालका लागि शरद भेषावकरले ४४ रन बनाएर आउट भएका थिए । त्यस्तै दिपेद्र ऐरी २४ रन बनाएर आउट भए ।

नेपालले पहिलो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा गुमाएको छ । दुई बलको सामना गरेका मल्ल पहिलो ओभरको दोस्रो बलमा सौरभ दुबेको बलमा बोल्ड आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनिशलाई तेश्रो लुम्बिनी अन्तर्राष्ट्रिय ‘पिस म्याराथन’को उपाधि

भैरहवा । लुम्बिनीमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय ‘पिस म्याराथन’को उपाधि अनिश थापा मगरले हात

प्रधानमन्त्री कप क्रिकेटः सशस्त्र प्रहरी र कर्णाली प्रदेशको जित

भैरहवा । रुपन्देही जिल्लामा जारी एकदिवसीय प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र

मैत्रीपूर्ण फुटबलमा सिंगापुरविरुद्ध नेपालले ऐतिहासिक जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा सिंगापुरविरुद्ध नेपालले ऐतिहासिक जित निकालेको छ । शुक्रबार

विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिमसँग खेल्ने

  काठमाडौँ । आइसिसी यु–१९ पुरुष विश्वकप क्रिकेट प्रतियोगिता छनोटको तयारीमा नेपालले भारतको