नेपाल एमसीसीसँग पराजित



काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँगको तीन दिवसिय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । एमसीसीले प्रस्तुत गरेको ३९३ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभरमा सम्पूर्ण किवेट गुमाउँदै १८४ रन बनाउन सक्यो ।

एमसीसीले पहिलो इनिङमा एमसीसी ३६४ रनमा अल आउट भएको थियो । नेपाल १५३ रनमा अल आउट हुँदै २११ रनले पछि परेको थियो । दोस्रो इनिङमा एमसीसीले १८१ रनमा ६ विकेट गुमाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो ।

समग्रमा नेपाल २०८ रनले पछि पर्दै पराजित भएको हो । नेपालका लागि सोमपाल कामीले अर्धशतकीय पारी खेले । सोमपालले नेपालका लागि ५१ रनको महत्वपूर्ण योगदान गरे । पहिलो इनिङस्मा भने नेपालका लागि सोमपालले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।

त्यसपछि दोस्रो इनिङस् खेलेको नेपालले मात्र रन बनाउँन सक्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ६ रन बनाउँदै आउट भए । शरद भेषवाकर १४ रन बनाउँदै नेपालका लागि दोस्रो विकेटको रुपमा आउट भए । ३१ रन बनाउँदै राजु रिजा तेस्रो विकेटको रुपमा आउट हुँदा विनोद भण्डारी र दिपेन्द्र ऐरीले रन नबनाएरनै आउट भए । नेपालका लागि पवन सरार्फले रन नबनाएर नै आउट भए ।

त्यसपछि नेपालको आठौं विकेटका लागि सोमपाल कामी र करण केसीले महत्वपूर्ण रनको साझेदारी गरे । दुबै जनाले ३६ रनको साझेदारी गरे । करण केसी १८ रन बनाउँदै आउट भएका थिए । त्यसपछि नेपालका सन्दीप लामिछानेले २५ रन बनाउँदै एलबीडब्लु आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल मलेसियासँग पराजित

काठमाडौं । पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित

विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ

सातदोबाटोविरुद्ध एनआरटीको जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ