पूर्वाधार अभावमा नेपाल र कुवेतको खेल भुटानमा हुने



काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत नेपाल र कुवेतको खेल भुटानेमा हुने भएको छ । एएफसीका प्रतिनिधीको रिपोर्टका आधारमा नेपालले घरेलु मेदानमा खेलाउने भनिएको खेल अन्तिम समयमा भुटानमा हुने भएको हो ।

एएफसीका प्रतिनिधी देङ सिआ लोङले एन्फालाई इमेल मार्फत यो खेल भुटानको चाङलिमिथाङमा हुने जनाएका हुन । केहि दिन अगाडी एएफसीको टिम निरिक्षणका लागि काठमाडौं आएको थियो, सो समितीको रिपोर्टका आधारमा एएफसीले नेपालले घरेलु मैदानमा खेलाउने भनिएको कुवेत विरुद्धको खेल भुटानको थिम्पुमा सारिएको हो ।

चार बर्ष अगाडी भएको विनाशकारी भुकम्पका कारण खेल्न योग्य नभएको रंगशाला पछिल्लो पटक मर्मतको अवस्थामा रहेको छ । एएफसीका प्रतिनिधीले पनि कुवेतको खेलसम्म रंगशाला तयार नहुने रिपोर्ट बुझाएका थिए । मंसिर तीन गते हुने भनिएको खेल सोहि मितीमा भुटानमा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विराट कोहलीले ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने

भारतीय क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहलीले अर्को महिना शुरु हुने विश्वकपपछि ट्वान्टी क्रिकेटको

बायर्न म्युनिखद्वारा बार्सीलोना तीन शून्यले पराजित

बायर्न म्युनिखले च्याम्पियन्स लिगमा बार्सीलोनालाई उसकै मैदानमा ३–० गोलले पराजित गरेको छ ।

नेपाल ओमानसँग ५ विकेटले पराजित

काठमाडौं । ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमान र

एकदिवसीय वरियतामा नेपालको सुधार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार