चितवन राइनोजलाई वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि



काठमाडौं । चितवन राइनोजले वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा क्याट क्विन्स काठमाडौंमाथि ४५ रनको नतिजा निकाल्दै चितवनले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

११३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको काठमाडौं निर्धा्रित २० ओभरमा ६७ रनमा अलआउट भएपछि चितवन अपराजित रहँदै उपाधि जित्न सफल भएको छ ।

काठमाडौंलाई सस्तैमा समेट्न चितवनकी सुमनले उत्कृष्ट बलिङ गरिन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका लागि अप्सरी बेगमले १५, ममता थापाले १३ तथा ईश्वरी बिष्टले १२ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । कप्तान रुविना क्षेत्री २ रनमा आउट भएपछि दबाबमा परेको काठमाडौंले लगातार विकेट गुमाएको थियो ।

ओपनर शोभा आलेले ६ रन जोड्दा नितु भण्डारीले २, संगिता राइले ४ रन बनाइन् । रोमा थापा र सरस्वती कुमारीले खाता नै खोल्न सकेनन् । चितवनकी सुमनले सर्वा्धिक ३ विकेट लिइन् । रेखा रावल र रितु कन्नौजियाले २–२ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको चितवनले निर्धा्रित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १३ रनको विजय लक्ष्य दिएको थियो । चितवनका लागि उत्कृष्ट बलिङ गरेकी समुनले ब्याटिङतर्फ पनि सर्वा्धिक २९ रन बनाएकी थिइन् ।

कागल श्रेष्ठले २१ रन बनाउँदा कञ्चन श्रेष्ठले १९ रन जोडिन् । कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहँदा रितु कन्नौजियाले ६ रन बनाएकी थिइन् । प्यारी चौधरी ३ रनमा अविजित रहिन् । काठमाडौंका लागि संगिता राई, लक्ष्मी साउँद र सरस्वती कुमारीले १–१ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोस्रो ‘बुढासुब्बा कप’ को उपाधि भिजन स्पोर्ट्स क्लबलाई

लिस्बन (पोर्चुगल)। धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगलले आयोजना गरेको सर्वाधिक धनराशिको दोस्रो

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

मुस्ताङ ।  मुस्ताङको बारागुङ मुक्तिक्षेत्र-२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण थालनी गरिएको छ।

उपकप्तान पूजा महतो ‘वीरा एजुकेसन कन्सल्टेन्सी’को ब्रान्ड एम्बास्डर नियुक्त

काठमाडौं । वीरा एजुकेसन कन्सल्टेन्सीले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई

पृतनापति ट्रफीमा ८४ पदकसहित श्री नम्बर १८ बाहिनी अड्डा प्रथम

इटहरी । पूर्वीपृतना मुख्यालय, इटहरीमा आयोजित ‘पृतनापति ट्रफी, २०८२’ कूल ८४ पदकसहित श्री