विश्व सैनिक खेलकूदः नेपालद्वारा उत्तरकोरिया र लक्जेम्बर्ग पराजित



उहान । सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिताअन्तर्गत बुधबार भएको ब्याड्मिन्टनतर्फ पहिलो चरणको खेलमा नेपालले उत्तरकोरिया र लक्जेम्बर्गलाई पराजित गरेको छ । पहिलो चरणका पुरुषतर्फको एकल खेलमा नेपालका रत्नजीत तामाङले लक्जेम्बर्गका रोबर्ट म्यानलाई २१–१६ र २१–१५ को सोझो सेटमा हराएका छन् ।

त्यस्तै पुरुषतर्फ डबलमा रत्नजीत तामाङ र नवीन श्रेष्ठले जोडीले उत्तर कोरियाका खेलाडी चुङइल किम र होे चोल युलाई हराएका हुन् । तामाङ र श्रेष्ठले २१–१८, १९–२१, २१–१९ को सेटले कोरियाका खेलाडीलाई पराजित गरेका हुन् ।

मिक्स डबलमा भने थाइल्याण्डसँग नेपाल पराजित भएको छ । बुधबारै भएको ८०० मिटरको दौडमा पनि नेपालका सोमबहादुर कुमालले आशा गरेअनुरुपको नतिजा ल्याउन सकेनन् ।

इन्टरनेशल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने ल्याउन सकेनन् । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको हो ।

प्रतियोगितामा नेपालले आर्चरी, ब्याडमिन्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङमा भाग लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुरुष भलिबलमा एसियाडबाट बाहिरियो नेपाल

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ

भलिबलमा पोखरेली दर्शकको बढ्दो उत्साह, फाइनल खेलमा तीन हजार टिकट बिक्री

कास्की । सयौँ दर्शकको भीड, समर्थनको उत्साह उस्तै । बच्चादेखि बूढापाकासम्मको साथले हौसिएको

गण्डकी प्रदेशलाई राष्ट्रिय भलिबलको उपाधि

कास्की । पोखरामा सञ्चालन भएको ‘लामाचौर कप महिला तथा पुरुष’ राष्ट्रिय भलिबल प्रतियोगितामा

भलिबलमा नेपाल बहराइनसँग पराजित

काठमार्डौ । १९ औँ एसियाली खेलकुदमा पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित भएको छ