विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिताको चीनमा झण्डोत्तोलन



सातौँ विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिता मा सहभागी राष्ट्रको बिहीबार चीनको उहानमा झण्डोत्तोलन भएको छ । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ ।

महासेनानी शशिकिरण रायमाझीको नेतृत्वमा नेपाली खेलाडी झण्डोत्तोलन समारोहमा मार्चपास गर्दै सहभागी भएका थिए । समारोहमा नेपालीसहित साउदी अरोबिया, बेलारुस, चिली, मङ्गोलिया र स्लोभानियाका राष्ट्रिय झण्डा एकैसाथ फहराइएको थियो ।

चिनियाँ जनमुक्ति सेनाले यहाँस्थित सैनिक खेलकूद गाउँमा आयोजना गरेको यस प्रतियोगिताको मुख्य नारा ‘सैनिक गौरव र विश्व शान्ति’ रहेको छ । प्रतियोगितामा भाग लिन बुधबार राति सबै नेपाली खेलाडी यहाँ आइपुगेका हुन् ।

शुक्रबार भव्य समारोहबीच उद्घाटन हुने प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिएको छ । नेपाली सेनाले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्रयाक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती मोर्डन पेन्टालन र सुटिङमा प्रतिस्पर्धा गर्नेछ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विशिष्ट पाहुनाका रुपमा विश्व सैनिक खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिनेछन् । मस्कट ‘विङवीङ’ अर्थात् समुद्री माछा चयन गरिएको यो प्रतियोगितालाई सातौँ शान्ति खेलकूद नामकरण गरिएको छ ।

नेपालसहित विश्वका १०५ मुलुकका १० हजार ७१९ खेलाडीको सहभागिता रहेको यो सैनिक खेलकूद प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ । क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्चेस्टर युनाइटेड काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश

म्यान्चेस्टर युनाइटेड काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति नै भएको चौथो

आइपीएलमा कोलकत्ताको दोस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ ।

आइपीएलमा हैदराबादको पहिलो जित

सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणलाई ५० लाख सहयोग

चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले ५० लाख रुपैयाँ