१३औँ सागका लागि टेबलटेनिस खेलाडी छनोट



काठमाडौं । नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)का लागि टेबलटेनिस खेलाडी छनोट गरिएको छ । पुरुष र महिलातर्फ पाँच–पाँच खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस सङ्घका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए ।

छनोट भएका खेलाडीमा पुरुषतर्फ नेपाल प्रहरीका विनेश खनियाँ, एपिएफका पुरुषोत्तम बज्राचार्य र शिवसुन्दर गोथे, प्रदेश ३ का संयोग कपाली तथा प्रहरीका सुनिल महर्जन रहेका छन् ।

महिलातर्फ प्रहरीका नविता श्रेष्ठ र एलिना महर्जन, नेपाली सेनाका रविना महर्जन र दीक्षा तामाङ तथा एपिएफकी सिका सुवाल छनोट भएका छन् । पुरुषतर्फ शीर्ष बरियताका खेलाडी श्यान्टु श्रेष्ठ सवारी दुर्घटनामा परेका कारण छनोट प्रतियोगितामा सहभागी हुन पाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने

काठमाडौं । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ

विश्व आइस हक्की संघको वैठकमा भाग लिन अध्यक्ष पाठक फिनल्यान्ड प्रस्थान

काठमाडौँ । विश्व आइस हक्की सङ्घको बैठकमा नेपालले पनि सहभागिता जनाउने भएको छ

एन्फा अध्यक्षमा कर्मा छिरिङ शेर्पाको उम्मेदवारी घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आगामी असार ६ गते हुने केन्द्रीय

कालीगण्डकीको छेउमा जब साइकल गुड्यो…

काठमाडौं । पर्यटकीयस्थल र हिमालपारीको जिल्लाका रुपमा परिचित मुस्ताङमा आज छुट्टै चहलपहल थियो