सिंगापुर र ओमान जाने राष्ट्रिय क्रिकेट टिमको घोषणा



काठमाडौँ । सिंगापुर र ओमान भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा भएको छ। पारस खड्काको कप्तानीमा बिहीबार १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गरिएको हो ।

नेपालका प्रमुख प्रशिक्षक उमेश पटवालले पत्रकार सम्मेलन गरेर टोलीको घोषणा गरेका हुन् । टिममा नियमित उपकप्तान ज्ञानेन्द्र मल्ल, अनुभवी बलर बसन्त रेग्मी र ब्याट्सम्यान शरद भेषावकर छैनन् ।

अब दीपेन्द्रसिंह ऐरीले उपकप्तानको भूमिका निर्वाह गर्ने छन्। कुशल मल्ल र इशान पाण्डे पहिलोपटक टिममा परेका छन्।

नेपाली टिम सेप्टेम्बर २५ मा सिंगापुर प्रस्थान गर्नेछ। सिंगापुरमा हुने त्रिकोणीय अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ।

नेपाली टिममा पारस खड्का( कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, सन्दीप लामिछानेले, सन्दीप जोरा, ललितनारायण राजवंशी, पवन सर्राफ, अभिनास बोहरा, कुशल मल्ल, आरिफ शेख, रोहितकुमार पौडेल, शुसान भारी, इशान पाण्डे रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुडो टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ । बङ्गलादेश क्रिरा सिख्रा प्रतिष्ठान (बिकेएसपी) जुडो च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित

म्यानचेस्टरलाई पराजित गर्दै टोटनहमलाई युरोपा लिगको उपाधि

काठमाडौं । टोटनहम हट्स्परले युरोपा लिगको उपाधि जितेको छ । गएराति सान ममेस

ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी महिला

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म