काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथान मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा जिप खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव भेटिएको छ ।
काठमाडौँबाट यात्रु लिएर खोटाङका लागि छुटेको जिप कात्तिक एक गते राति सुनकोशीमा खसेको थियो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र त्यही ठाउँकी २२ वर्षीया अप्सरा राईको शव फरक फरक ठाउँमा भेटिएको हो ।
पुर्कुटीको शव आइतबार उदयपुरको कटारी नगरपालिका–१४ लेखानीमा र राईको शव हिजो सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र सप्तकोशी नदीमा फेला परेको प्रहरीले जनाएको छ ।
को १ ज २९७६ नम्बरको जिप सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानबाट सुनकोशीमा खसेको थियो । जीपमा रहेका पुर्कुटी, राई र लफ्याङकै २६ वर्षीय रोशनकुमार मग्राती बेपत्ता भएका थिए ।मग्रातीको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिप चालकसहित चार जना घाइते भएका थिए ।

प्रतिक्रिया