चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त


काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्रबहादुर खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष बालेन साहले खत्रीलाई उपाध्यक्षमा नियुक्त गरेका हुन् । खत्रीलाई शिक्षामन्त्री एवं आयोगका सहअध्यक्ष सस्मित पोखरेले मंगलबार शपथ गराएका छन् ।

डा. खत्री नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक हुन् । उनी प्रतिष्ठानका कार्यकारी निर्देशकको भूमिकामा समेत थिए ।

सरकारले ल्याएको अध्यादेशबाट तत्कालीन उपाध्यक्ष अञ्जनीकुमार झा पदमुक्त भएपछि पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरीलाई निमित्त उपाध्यक्षको जिम्मेवारी दिइएको थियो ।