काठमाडौँ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा गाडी दु्र्घटना हुँदा बेपत्ता यात्रुको खोजीकार्य जारी छ भने भिरमा अड्किएको एउटा शव निकाल्ने प्रयास भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
बिहीबार दिउँसो सुर्खेतबाट कालिकोटतर्फ गइरहेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट अन्दाजी ६००/७०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलबिद्युत आयोजना सुरक्षा बेश र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको छ ।
दुर्घटनास्थलबाट अन्दाजी ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुष व्यक्तिको शव फेला परेको र उक्त शव नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सयुक्त टोलीले उद्धार गरी सडकतर्फ ल्याउने कार्य भइरहेको छ । गाडीमा रहेका यात्रुहरुको संख्या हालसम्म एकिन हुन नसकेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया