कम्युनिस्टहरूलाई सखाप पार्न देशी विदेशी लागिपरेका प्रचण्डको दाबी


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सच्चा कम्युनिस्टहरूबीच एकताको आवश्यकता बढेको बताएका छन् ।

आइतबार २६औँ निर्मल लामा स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले देशमा साम्राज्यवादीहरूको हस्तक्षेप बढ्दै गएको र राष्ट्रिय रूपमा देश अप्ठ्यारो अवस्थामा पुगेको कम्युनिष्ट एकताको आवश्यकता झनै बढेको बताएका हुन् ।

‘कम्युनिस्ट आन्दोलनको एकताको आवश्यकता छैन भन्ने होइन । एकता र विभाजनको थुप्रै शृङ्खला हुँदै आजसम्म आएको छ, सच्चा कम्युनिस्टको बीचमा एकताको आवश्यकता अहिले झन् विशेष रुपले बढेको छ ।’

उनले न्तर्राष्ट्रिय रूपमा पनि कम्युनिस्ट आन्दोलन ठूलठूला बहस, विभाजन र एकता हुँदै अघि बढेको भन्दै एकताको महत्व बढेको बताए ।

प्रचण्डले कम्युनिस्टहरूलाई सखाप पार्न देशी विदेशी लागिपरेको दाबी समेत गरेका छन् । एकता र विभाजनका धेरै शृङ्खला हुँदै आजको दिनसम्म आएको बताउँदै अहिले एकताको आवश्यकता झनै विशेष रुपले अघि बढेको प्रचण्डको भनाइ थियो ।

उनले वैचारिक बहस, छलफल र निष्कर्षमा पुग्ने प्रक्रिया तथा संगठनात्मक सिद्धान्त, नीति र विधिको विकास पर्याप्त रूपमा हुन नसक्दा एकता प्रयासहरू दिगो बन्न नसकेको बताए ।

प्रचण्डले कम्युनिस्ट आन्दोलनभित्रका विगतका विभाजन र एकताका श्रृंखलाबाटै वर्तमान अवस्था बनेको उल्लेख गर्दै एकताको आवश्यकता भने अझै कायम रहेको स्पष्ट पारे । उनले कम्युनिस्ट आन्दोलनको एकता आवश्यक छैन भन्ने निष्कर्ष निकाल्नु गलत हुने बताए ।

उनले भने, ‘यो कुराले के कुरा निष्कर्ष निकाल्नु गलत हुन्छ भने कम्युनिस्ट आन्दोलनको एकताको आवश्यकता छैन भन्ने कुरा होइन । विभाजन र एकताका थुप्रै श्रृखलाहरु हुँदै जसरी कम्युनिस्ट आन्दोलन आजको विन्दुसम्म आएको छ । अन्तर्राष्ट्रिय रुपमा पनि ठूलाठूला विवाद र बहस विभाजन एवम एकताको श्रृखला हुँदै अगाडि बढेको छ । सच्चा कम्युनिष्टहरुको बीचमा एकताको आवश्यकता अहिले झन विशेष रुपले बढेको छ ।’