अप्रिलमा भित्रिए एक लाख ७ हजार विदेशी पर्यटक, सबैभन्दा बढी भारतीय


काठमाडौं । गत अप्रिल महिनामा नेपालमा एक लाख ७ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । सोमबार नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२६ को अप्रिलमा नेपालमा एक लाख ७ हजार ९३४ पर्यटक भित्रिएका हुन् । सार्क मुलुकबाट सबैभन्दा बढी ३३ हजार ४३२ पर्यटक भित्रिएका छन् । जुन कुल आगमनको ३१ प्रतिशत हो ।

त्यस्तै, दक्षिण एसियाली मुलुकबाट २६ हजार ७२६ पर्यटक भित्रिएका छन्। युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८, अमेरिकाबाट २ हजार ५१८, पश्चिम एसियाबाट एक हजार ६९७ र अफ्रिकी मुलुकबाट ३१५ र अन्य मुलुकबाट १५ हजार ३६० पर्यटक भित्रिएका छन् ।

सबैभन्दा बढी भारतबाट १५ हजार १९६ र दोस्रोमा चीनबाट ११ हजार ७२२ पर्यटक भित्रिएका छन् भने तेस्रोमा बंगलादेशबाट ५ हजार २३१ पर्यटक भित्रिएका छन्। सन् २०२५ को अप्रिलमा एक लाख १६ हजार ४९० पर्यटक भित्रिएका थिए ।