काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद समाधान भएको छ । मङ्गलबार राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा विवाद समाधान गरिएको हो ।
छलफलमा विभागीय मन्त्री कुलमान घिसिङसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरूको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरी विवाद समाधान गरिएको हो।
सहमतिसँगै रोकिएको पानी पथान्तरण गरिने भएको छ। साथै, संघर्ष समितिका सबै आन्दोलन स्थगित भएका छन्।
यस्तो छ सरकार र आन्दोलनरत स्थानीयबीचको सहमति




प्रतिक्रिया