लाखेनाचसहित समापन भयो ललितपुरको इन्द्रजात्रा



 

ललितपुर । ललितपुर महानगरपालिका–१ को सहयोगमा आयोजित इन्द्रजात्रा लाखे नाच नाचेर आज समापन भएको छ । ललितपुरमा हरेक वर्ष मनाइने इन्द्रजात्रा लाखे नाचसहित समापन भएको हो ।

असोज १ गते मङ्गलबार ललितपुरको वडा नं १ स्थित सङ्कटा मार्ग मन्दिर परिसरबाट खट जात्रासहित सुरु भएको इन्द्रजात्रा बुधबार लाखेनाचसहित टोल परिक्रमा र पूजा आराधनागरी समापन गरिएको हो ।

बुधबार लाखेनाचसहित सङ्कटा मार्ग मन्दिर परिसरबाट भैरव, गणेश र कुमारी देवतालाई खटमा राखी मुसिङ्गाल चोक, ग्याँस डिपो, लीलाघर, कुमारी मन्दिर, जनकपुर कलेज, नानिचा चोक, अमर शिशु, गणेशथान प्याराडाइज, मेनपावर सर्वाङ्ग हस्पिटल, बिगमार्ट, तिनखम्बा चोक, भजन मण्डल, मुसिङ्गाल चोक हुँदै मन्दिर परिसर परिक्रमा गरिएको छ ।

जात्रा सुरु भएको पहिलो दिन पनि सङ्कटा मार्ग मन्दिर परिसरबाट लाखेनाचसहित टोल परिक्रमा गरिएको थियो । विशेषगरी नेवार समुदायले मनाउने इन्द्रजात्रा गत वर्षदेखि ललितपुरमा आयोजना गर्दै आएको ललितपुर महानगरपालिका– १ का वडाध्यक्ष निर्मल तण्डुकारले बताए ।

उनले भने, “ऐतिहासिक इन्द्रजात्राको आयोजना गर्न पाउँदा खुसी छौँ । यो वर्षको इन्द्रजात्रा हर्षोल्लासको साथ मनाइयो । अर्को वर्ष अझै राम्रोसँग मनाउने अपेक्षा राखेका छौँ ।”

सहकालको देवताका रुपमा इन्द्रजात्रा बाह्रौँ शताब्दीदेखि मनाउँदै आएको किंवदन्ती छ वडाअध्यक्ष तण्डुकारका अनुसार ४० वर्षदेखि रोकिएको इन्द्रजात्रा गत वर्षदेखि ललितपुरमा मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जोमसोममा बसपार्क सञ्चालन

म्याग्दी । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको

दाङमा झोलुङ्गे पुल प्रयोगविहीन

तुलसीपुर ।  कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने

‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ !

म्याग्दी । चारै तिर नाङ्गो र सुख्खा पहाड, पहाडको भित्तामा प्वालहरू । फेदीको

जिब्रो छेडेर मध्यपुरथिमिदेखि पशुपतिसम्म परिक्रमा

भक्तपुर । आश्विन शुक्ल पूर्णिमाको अवसरमा बुधबार राति ८ बजे मध्यपुरथिमिमा ‘येंया पुन्हिया