पाँच महिनापछि महाकाली पुल निर्माण पुनः सुरु



महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पुल निर्माण योजनाको काम प्रभावित भएको पाँच महिनापछि पुनः सञ्चालन भएको छ ।

पुल योजनामा काम गरेबापतको करोडौँ रकम भुक्तानी नपाएपछि गत असोजको तेस्रो साता निर्माण कम्पनीले पुल निर्माणको काम रोकेको थियो । केही दिनअघि गत वर्ष काम गरेको रकम सरकारले उपलब्ध गराएपछि निर्माण कम्पनीले निर्माणको बाँकी काम छ महिनाभित्र सक्ने गरी सञ्चालन गरेको जनाएको छ ।

विसं २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै ८ दशमलव ६ किलोमिटर छ लेनको निर्माणको कामको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ ।

निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापतका साढे आठ करोड रकम हालै कम्पनीलाई उपलब्ध भएको जानकारी दिए ।

उनले पुलसँगै निर्माण हुन गइरहेको पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागका पुर्याउने प्रक्रियामा रहेको जानकारी दिए । “भेरिएसनका कारण अझै १५ करोड बक्यौता छ ।” उनले भने, “गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौँ ।”

उनले ८ दशमव ६ किलोमिटर छ लेनको पहुँच मार्गमध्ये एक हजार पाँच सय मिटर सडक कालोपत्रे गर्न बाँकी रहेको बताए । “रकम अभावलगायतको कारण नभए छ महिनाभित्र पुलको सबै काम सकिन्छ”, इन्जिनियर पाण्डेयले भने, “कोरोना कहर, रकम अभाव र भेरियसन, डिजाइन स्वीकृतिलगायतका कारणले पुल निर्माणमा ढिलाइ भयो ।”

तीन अर्ब ६६ करोड लागतमा बनिरहेको पुलसँगै सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा विकास गर्न खोजिएको छ । पुलसँगै महाकाली नदीपारिको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माणको काम पनि प्रक्रियामा छ ।

पुलको दुवैतर्फ बाँध बाधेर पर्यटकीयस्थल हुने गरी पोखरी निर्माण गरिएको छ । पसलको उत्तरतर्फ एक वर्गकिलोमिटर भन्दा ठूला दुई वटा पोखरी र दक्षिणतर्फ शून्य दशमलव ३ वर्गकिलोमिटरका दुई वटा पोखरी निर्माण भएका छन् । गएको बर्सातपछि पोखरीको डिजाइनीमै समस्या आएपछि यहाँ ‘भेरिएसन’को काम धकेलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोठाटार गोलीकाण्डका मुख्य योजनाकार भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको गोली हानी हत्या

टौ-दहमा विपत् अभ्यास ‘मनसुन–२’ मा उद्धार अभ्यास गर्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले आइतबार काठमाडौँको टौ–दहमा

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास

  काठमाडौँ ।   मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री

मे १ देखि चीन जाने नेपालीलाई भिषा शुल्क नलाग्ने

  काठमाडौँ ।  छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ