उच्च अदालतका तत्कालीन रजिष्ट्रार कटवाल भ्रष्टाचारी ठहर



काठमाडौं । उच्च अदालत दीपायलका रजिष्ट्रार रणबहादुर कटवाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारु र रामबहादुर थापाको इजालसले कटवाललाई दोषी ठहर गरेको हो ।

विशेषका उपरजिष्ट्रार धनबहादुर कार्कीका अनुसार कटवाललाई नौ महिना कैद र चार लाख ९८ हजार रुपैयाँभन्दा बढी जरिवाना हुने भएको छ। बिगोबमोजिम रकम असुलउपरसमेत हुने फैसलामा उल्लेख छ ।

कटवालले श्रीमतीको नाममा काल्पनिक कागजात तयार गरी हलुका सवारी चालक र कम्प्युटर अपरेटरका रुपमा करारमा राखी त्यसवापत पारिश्रमिक भुक्तानी लिने प्रयास गरेका थिए। त्यस क्रममा एक लाख १२ हजार रुपैयाँका लागि लेखा शाखामा प्रस्तुत गरेको भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बझाङको उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान

  चैनपुर (बझाङ) । बझाङ प्रदेशसभा १ मा शनिबार भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा

मुख्यमन्त्री यादवद्वारा मटिहानीका आगलागी पीडितलाई छिट्टै राहत प्याकेज ल्याउने प्रतिवद्धता

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले महोत्तरीको मठिहानी नगरपालिका–६ जरलहवागाछीस्थित आगलागीपीडितका लागि

अमेरिकी राजदूतले भने-स्वदेशी तथा विदेशी लगानी बढाउन नेपालको नीतिमा स्पष्टता जरुरी छ

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक

हामी सरकार फेरबदलमा केन्द्रित नरहेको तर….

हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको