बारामा हुन्डी कारोबारमा संलग्न पाँचजना पक्राउ



 

बारा । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बारामा पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई नेपाली र तीन भारतीय नागरिक रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट २१ लाखसमेत बरामद गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको मोतिहारीका २९ वर्षीय रञ्जित सर्राफ, ४२ वर्षीय कृष्णलाल प्रसाद र  ४० वर्षीय रविशङ्कर सिंह तथा बाराको कलैया उपमहानगरपालिका–७ का ३१ वर्षीय कलामुद्दिन अंसारी र कलैया–४ का ३९ वर्षीय मेराजुलहक अंसारी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले कलैया–६  अस्पताल रोडबाट रञ्जित सर्राफलाई रु पाँच लाखसहित पक्राउ गरेको थियो । सर्राफले दिएको बयानमा आधारमा अन्य चारजनालाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताए । यस्तै पक्राउ परेका भारतीय नागरिकबाट  १६ लाख नौ हजार बरामद गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा मुस्ताङको मार्चे लेक

धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको