हेटौंडामा पिटि खेलिरहेका प्रहरी जवानको मोटरसाइकलको ठक्करबाट मृत्यु



हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । बुधबार बिहान हेटौंडा उपमहानगरपालिका थानाभर्याङमा मोटरसाइकलले ठक्कर दिँदा डडेलधुरा आलिताल गाउँपालिका–६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद एडीको मृत्यु भएको हो ।

हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले पीटी दौडिँदै गरेका एडीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भई उपचारका लागि हेटौँडा अस्पताल पुर्याउँदा उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौर बस्ने ४१ वर्षीय लक्ष्मण लामा घाइते भएका छन् । उनलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक

गायक रवि ओड धरौटीमा रिहा

सुदूरपश्चिम । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका नेपाल आइडल सिजन २ का विजेता

सफा हिमाल अभियानअन्तर्गत सेनाले उठायो दुई शव र आठ हजार किलो फोहर

काठमाडौँ । गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल

सर्वोच्चद्वारा सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्ति विरुद्धको रिट खारेज भएको छ