स्याउलेमा ‘एक घर एक धारा’



चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेमा ‘एक घर एक धारा’ योजना सम्पन्न भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाको पाँच लाख आर्थिक सहयोग र स्याउले वडास्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्राविधिक सहयोगमा एक सय ६८ घरधुरीसहित एक विद्यालयमा धारा जडान गरिएको छ ।

स्याउलेदेखि गुन्ससम्मका सबै घरधुरीमा स्वच्छ खानेपानीको पहुँच पुगेपछि नगरप्रमुख कृष्णप्रसाद सापकोटाले एक कार्यक्रमबीच ‘एक घर एक धारा’को उद्घाटन गर्दै समुदायलाई हस्तान्तरण गरे । प्रमुख सापकोटाले नगरवासीलाई स्वच्छ खानेपानीको पहुँमा पुर्याउन आफूले गरेको सङ्कल्पको सुरुवात स्याउलेबाट भएको बताए ।

पूर्वसांसद एवम् जुगलथालखर्क होल्चे खानेपानी समितिका अध्यक्ष सुवास कर्माचार्यले एक घर एक धारा अभियानले सामुदायिक धारामा हुने घुइँचो र विवादको अन्त्य भएकामा खुसी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ

२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका