हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु



काठमाडौं । हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहनेछ ।

प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरु हुने उनले बताइन् । प्रि–मनसुनको समयमा दिउँसो मेघगर्जन/चट्याङ्का साथै हावाहुरी र असिना पानीको सम्भावना रहने मौसमविद्ले बताएका छन् ।

यस मौसमी प्रणालीका समयमा स्थानीय वायुको प्रभाव धेरै हुने गरेको बताइएको छ । स्थानीय वायुको प्रभावका कारण आज दिउँसो पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिइन् ।

उनका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हिउँदयाम सकिने बेलामा केही दिनअघि काठमाडाँै, पोखरासहित केही ठाउँमा हल्कादेखि सामान्य वर्षा भएको थियो । यस वर्षको हिउँदमा उच्च पहाडी र हिमाली जिल्लामा न्यून हिमपात भएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पाको चरन क्षेत्रमा चौँरी

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–४ नाम्दो थामवनको चरन क्षेत्रमा चर्दै गरेका चौँरीहरु । हिमाली क्षेत्रमा

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालयः भ्रमण दशक कार्यान्वयनदेखि द्विपक्षीय हवाई सेवा सम्झौतासम्म

सिबी अधिकारी, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद

बैतडीमा जिप दुर्घटनाः दुई जनाको मृत्यु, चार घाइते

बैतडी । बैतडीको सिगास गाउँपालिका–१ माडौंमा शनिबार बिहान भएको जिप दुर्घटना गम्भीर घाइते

रोशी खोलाको नौ किलोमिटर सिमाङ्कन सकियो

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीको खोलाको सिमाङ्कन