कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार पुनर्वास नगरपालिका–११ हुलाकी सडकमा से७प ४७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कैलालीको धनगढी उप महानगरपालिका–३ का २३ वर्षीय गुड्डु राना र सोही मोटरसाइकलमा सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० विकास बस्तीका २२ वर्षीय विशाल राना छन् ।

दुर्घटनामा परी घाइते भएका दुवैजनालाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो । दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर