गोठाटार गोलीकाण्डमा संलग्न एक महिलासहित तीन जना सार्वजनिक



काठमाडौं । असोज ४ गते गोठाटारमा भएको गोली प्रहारबाट मारिएका लाल महम्मद (दर्जी)को हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

वीरगंजबाट पक्राउ गरेर ल्याइएका एक महिलासहित तीन जनालाई शुक्रबार काठमाडौं जिल्ला प्रहरी परिसरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो।

प्रहरीले सार्वजनिक गरेकामा २१ वर्षीया सुनिता स्याङतान (सुमि), १९ वर्षीय रोहन मिया र २१ वर्षीय मनोहर मिया रहेका छन्। मनोहर वीरगंजको पर्सा महानगरपालिकाका हुन्। मनोहर र रोहनले हतियार व्यवस्थापन गरेका थिए। साथै पक्राउ परेकी युवती सुनिताले घटनास्थलको रेकी गरेकी अपराध अनुसन्धान कार्यालयका प्रमुख जनकराज भट्टराईले जानकारी दिए।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका—८ स्थित गोठाटारमा असोज ४ गते सर्लाही गोडैटा नगरपालिका—२ घर भएका ५८ वर्षीय लाल महम्मदको गोली हानेर हत्या गरिएको थियो। तर, उनीहरु घटनामा सहयोगीको भूमिकामा मात्र भएको खुलेको छ। पक्राउ परेका दुई जना युवकले भारतीय नागरिकले दिएको हतियार वीरगंजबाट काठमाडौं ल्याएका थिए। र, उनीहरुले हतियार भारतीय सुटरलाई दिएको खुलेको छ।

घटनाका मुख्य सुटर भने अझै फेला पारेको छैनन्। पक्राउ परेका तीन जना सहयोगीको जानकारीको आधारमा मुख्य योजनाकारसम्म पुग्ने गरि प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल र कतारबीच विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर

काठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयका समझदारीमा हस्ताक्षर भएको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख