क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार हरिदेवी कोइरालालाई प्रदान गरिने



दमौली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिने भएको छ । मञ्चको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कला, संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत उनलाई उक्त पुरस्कार अर्पण गर्न लागिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । पुरस्कारको राशि नगद २५ हजार रहेको छ । यसैगरी गीतल राष्ट्रिय पुरस्कार २०७७ बाट कवि प्रोल्लास सिन्धुलिया र २०७८ बाट गायक राज सिग्देललाई पुरस्कृत गर्ने निर्णय भएको छ ।

पुरस्कारको राशि नगद सात हजार रहेको छ । यस्तै गीतल प्रतिभा पुरस्कार २०७७ बाट लोकगायक शङ्कर परियार र २०७८ बाट लोकगायिका आशा बिसीलाई पुरस्कृत गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । पुरस्कारको राशि नगद पाँच हजार रहेको छ । मञ्चले भाषा, साहित्य र कला संस्कृतिको क्षेत्रमा स्थानीय तथा राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा खाद्य असुरक्षा बढ्दै

नारायण ढुंगाना, काठमाडौँ । तथ्याङ्कले मुलुकमा खाद्य सञ्चिति देखिँदै आए पनि असन्तुलित उत्पादन

जीवित सङ्ग्रहालयको पहिचान बोक्दै मध्यपुरथिमि

रमेश गिरी, भक्तपुर । मूर्त कला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्त

बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि…

बैतडी । बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४

आजदेखि पातलो प्लास्टिकको झोलाको उत्पादन र बिक्री प्रतिबन्ध

काठमाडौं । सरकारले आजदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र