स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु



जलेश्वर । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा गएराति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन् । जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज१२प ४९७७ नम्बरको स्कुटरले पिपरा गाउँपालिका–७ मा बाटोमा भुजेललाई ठक्कर दिएको हो गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

भुजेलको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । स्कुटरमा सवार नाम नखुलेका दुई जना समेत घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिएकोमा भीम रावलको विरोध

काठमाडौं । नेकपा एमालेको महाधिवेशनको बन्द सत्रबाट सर्वसम्मत नेतृत्व चयनको सम्पूर्ण अधिकार अध्यक्ष

भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

भैरहवा । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा शनिबार ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु भएको

एमालेको महाधिवेशन होइन, ‘कुम्भमेला’ होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको १० औं

देवर हत्याको आरोपमा भाउजू पक्राउ

सल्यान । आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा दुई जना पक्राउ परेका छन्