वर्षाका कारण सात अर्बको धानबाली नष्ट



काठमाडौँ । वर्षाका कारण धानबालीमा सात अर्ब २२ करोड क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार करिब ६८ हजार हेक्टर क्षेत्रफलमा दुई लाख ५८ हजार ९२ मेट्रिकटन परिमाणमा धानको क्षति भएको छ ।

सबैभन्दा धेरै लुम्बिनी प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा करिब ४२ हजार हेक्टरमा एक लाख ६१ हजार २२३ मेट्रिकटन धान नोक्सान हुँदा चार अर्ब ५१ करोड क्षति भएको छ । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा करिब १८ हजार हेक्टरमा ६८ हजार ४०० मेट्रिकटन धान क्षति भएको छ । सोको बजार मूल्य एक अर्ब ९१ करोड हुन्छ ।

प्रदेश नं १ का झापा, मोरङ र सुनसरीमा सात हजार ४९२ हेक्टर क्षेफलमा २८ हजार ४६९ मेट्रिकटन बालीमा नोक्सान पुगेको छ । यसको बजार मूल्य रु ८० करोड हुन आउँछ । गत असोज ३१ गतेदेखि देशका विभिन्न स्थानमा भएको अविरल वर्षाका कारण विशेषगरी यस क्षेत्रका किसान समस्यामा परेका छन् । अन्य प्रदेशमा पनि केकस्तो नोक्सान भएको छ, त्यसको अभिलेख सङ्कलन गर्न मन्त्रालय मातहतका प्रदेश कार्यालयलाई जिम्मेवारी दिइएको छ ।

सम्बन्धित पक्षलाई राहत सहुलियत उपलब्ध गराउन मन्त्रालयबाट पनि अनुगमन समिति गठन गरी प्रभावित क्षेत्रमा पठाइएको प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । मन्त्रालय र प्रदेशका अधिकारीबीच समन्वय र समझदारी कायम गरी प्रभावित कृषकलाई सहयोग प्रदान गरिने जनाइएको छ । वर्षाले देशका विभिन्न स्थानमा आएको बाढी तथा डुबानले १०० भन्दा धेरै मानिसको मृत्यु भएको छ ।

विभिन्न स्थानका सडक मार्गसमेत नोक्सान भएका छन् । कृषकले धान भित्राउने समयमा भएको वर्षाले यस वर्ष ठूलो नोक्सानी भएकाले राष्ट्रिय उत्पादनमा समेत कमी आउने अनुमान गरिएको छ । धानलगायत अन्य बाली रोप्ने समयमा रासायनिक मलको समस्या सधैं हुने गर्दछ । मौसमका आधारमा बर्खे धान, चैते धान, भदैया धान र घैया धानसमेत उत्पादन हुने गर्दछ ।

नेपालमा अन्नबालीमा धानलाई प्रमुख बालीका रुपमा लिइन्छ । करिब दुई दशकदेखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाइन्छ । मुलुकको कुल गार्हस्थ उत्पादनमा करिब ३२ प्रतिशत कृषि क्षेत्रले योगदान गरेको छ । त्यसमा पनि कृषि गार्हस्थ उत्पादनमा धानको योगदान करिब २० प्रतिशत छ । खाद्य तथा पोषण सुरक्षाका दृष्टिबाट मानिसलाई आवश्यकपर्ने क्यालोरी चामलमा राम्रो हुन्छ ।

कूल जनसङ्ख्याको करिब ६५ प्रतिशत यस क्षेत्रमा आश्रित छन् । मुलकमा राम्रो धानखेती हुने क्षेत्र तराई भए पनि पहाडमा हावापानीअनुसारको स्थानीय धान उत्पादन हुने गर्दछ । उच्च क्षेत्र जुम्लालगायत केही हिमाली जिल्लामा पनि स्थानीय धानखेती हुने गर्दछ । मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा धानको खेती हुन्छ । देशको करिब १६ लाख हेक्टरमा धानखेती भइरहेको मन्न्त्रालयले जनाएको छ ।

हाल ६३ जातका धानको खेती गरिन्छ भने पछिल्लो पाँच वर्षयता करिब ५० देखि ५६ लाख मेट्रिकटन धान उत्पादन हुने गरेको अभिलेख छ । “केही दशक अगाडि हामीले विदेशमा चामल निर्यात गर्ने गरेकामा केही वर्षदेखि चामल आयात गरेका छौँ”, प्रवक्ता सञ्जेलले भने । गत वर्ष नेपालले करिब ५० अर्बको चामल आयात गरेको मन्त्रालयले जनाएको छ । यसले व्यापार घाटालाई बढाएको छ भने राष्ट्रिय अर्थतन्त्रलाई नकारात्मक असर पुर्याएको छ ।

विश्वका ११४ मुलुकमा धानको उत्पादन हुने गरेको छ । सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो । विश्वमा करिब १७ करोड हेक्टर जमिनमा धान खेती गरिन्छ भने करिब ७५ करोड मेट्रिकटन धान उत्पादन हुन्छ । कूल उत्पादनको ८० प्रतिशत धान खपत एशियामा हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो: तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास