ठगीको आरोपमा पूर्वसांसद इच्छाराज तामाङ पक्राउ



काठमाडौँ । करोडौं रुपैयाँ ठगीको आरोपमा पूर्वसांसद तथा सिभिल बैङ्कका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार उनलाई पक्राउ गरेको हो ।

ब्युरो प्रमुख धिरज प्रताप सिंहले तामाङलाई पक्राउ गरेको जानकारी दिए । उनीमाथि सिभिल सहकारीका निक्षेपकर्ता ठगी गरेको आरोप छ । एमालेको समानुपातिक सूचिबाट सांसद भएका उनी हाउजिङमा समेत संलग्न थिए।

७० जना निक्षेपकर्ताले आफूहरूलाई तामाङसहितको समूहले ठगी गरेको उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । प्रारम्भिक उजुरीमा ४६ करोड देखिए पनि सो संख्या बढ्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ