काठमाडौंबाट दुई सय भन्दा बढी पाकेटमार पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट दुई सय भन्दा बढी पाकेटमार तथा चोरलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेका दुई सय सात जनालाई सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले दसैं–तिहारमा घर फर्किनेहरूको पाकेटमार्ने तथा चोरी गर्न सक्ने भन्दै परिसरले उपत्यकाबाट दुई सय सात जनालाई पक्राउ गरेको जानकारी दिए ।

पाकेटमारी हुन गर्न नदिन प्रहरीले भदौ २५ गतेदेखि असोज १५ गतेसम्म यातायात व्यवसायीहरुसंग सहकार्य गरि सादा पोसाकका प्रहरी परिचालन गरेको थियो ।

सार्वजानिक बसहरुमा २/२ जनाको दरले ६ जनासम्मको समूह बनाई छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई अगाडि पछाडिवाट घेरावन्दीमा पारि ठेलमठेलको अवस्था वनाई मौका छोपी मोवाईल, नगद र सुनचाँदी पकेटमारी गरि पालो पालो गरि ओर्लने देखिएको एसएसपी सिंहले बताए ।

उनीहरुले पैसालाई द, मोबाइललाई कान, पाकेटमार गर्ने व्यक्ति मास्टर वा काशी, पैसा धेरै छ भन्ने संकेत दिन टानको द पैसा, थोरै छ जुटको द, गाडीलाई काँचा भन्दै सांकेतिक भाषा प्रयोग गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी केटालाई छापा, केटीलाई भद्री, पुलिस आए ठूल्दाइ आयो, ड्राइभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भाग भन्नलाई भने उनीहरूले टप्की भन्ने गरेको खुलेको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा