यातायात कार्यालय एकान्तकुनाबाट दुई विचौलिया पक्राउ



काठमाडौं । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई विचौलियालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउपर्नेमा ललितपुर महनगरपालिका–१४, नक्खीपोट बस्ने ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन् ।

उनीहरुले लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण र सिफारिससमेत मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने गरेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै लाइनमा बसेका सर्वसाधारणलाई सास्तीसमेत दिने गरेका थिए ।

तीनै जनालाई यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरी लिँदै गरेको अवस्थामा पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ । सोही क्रममा उनीहरु पक्राउ परेका र हाल थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा बुझाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौसमी राडार मर्मतका लागि विदेशी विज्ञको खोजी गर्दै विभाग

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष

कसरी गर्ने पदयात्राको तयारी ?

रामबहादुर थापा, गण्डकी ।  पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ । विश्वका विभिन्न

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपतिका