सशस्त्र प्रहरी बलका ११ डिआइजीको काज सरुवा



काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा भएको छ । गृहमन्त्रालयले बिहीबार डिआइजीको काज सरुवा निकालेको हो ।

मन्दीप श्रेष्ठ नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरबाट सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय सरुवा भएका छन् । यसैगरी, डिआइजी राजु अर्याल ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यालयबाट मानवश्रोत विभाग सरुवा भएका छन् ।

यस्तै, नारायणदत्त पौडेल मानवश्रोत विभाग, चन्द्र प्रकाश गौतम कार्य तथा सीमा सुरक्षा विभाग, वंशीराज दाहाल ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यालय, ई. किशोर प्रधान गढीमाई ३ नम्बर बाहिनी मुख्यालय मकवानपुर, कमल गिरी बराह बाहिनी १ नम्बर मुख्यालय सुनसरी, गणेश बहादुर ठाडा मगर २ नम्बर छिन्नामस्ता बाहिनीको मुख्यालय महोत्तरी सरुवा भएका छन् ।

त्यस्तै, कुल बहादुर नेम्वाङ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, दुर्गा प्रसाद भट्टराई वैद्यनाथ बाहिनीको मुख्यालय केलाली र शम्भु सुवेदी मुक्तिनाथ बाहिनीको मुख्यालय कास्की सरुवा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट