फोरजीका प्रयोगकर्ता करिब एक करोड नजिक



काठमाडौं । पछिल्लो समय फोरजीका प्रयोगकर्ताको सङ्ख्या बृद्धि भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को एक वर्षको तथ्याङ्कअनुसार फोरजीका प्रयोकर्ता बढ्दै गएको देखाइएको छ । गत जेठमा उल्लेख्यरूपमा घटेका प्रयोगकर्ता असारमा बढेका छन् ।

प्राधिकरणको तथ्याङ्कअनुसार असार मसान्तसम्म फोरजीका प्रयोगकर्ता करिब एक करोडको नजिक पुगेको छ । सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल र स्मार्ट टेलिकम गरी तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीले फोरजी सेवा सञ्चालन गर्दै आएका छन् । टेलिकमका ४७ लाख ४४ हजार प्रयोगकर्ता छन् ।

गत जेठमा २७ लाख ७ हजार ४२९ प्रयोगकर्ता रहेका थिए । एक महिनामा मात्र १९ लाख ७३ हजार बढी फोरजीका प्रयोगकर्ता थपिएका छन् । एक वर्षमा एनसेलका फोरजीका ग्राहक ५० लाख ४२ हजार बढी छन् ।

गत जेठमा ४८ लाख ५ हजार प्रयोगकर्ता गरेका थिए । स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता एक लाख ६६ हजार छन् । गत जेठमा एक लाख ५१ हजार ७१५ जना प्रयोगकर्ता रहेका थिए ।

स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् । तीन सेवा प्रदायकसँग ९९ लाख ५४ हजार ११९ फोजरीका प्रयोगकर्ता थपिएका छन् । गत जेठमा फोरजीका प्रयोगकर्ता ७६ लाख ६४ हजार ४५९ थिए । एक महिनामा तीन सेवा प्रदायकका २२ लाख ८९ हजार ६६० प्रयोगकर्ता थपिएका छन् ।

इन्टरनेट पहुँच

नेपालमा १०२ प्रतिशत जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेको पाइएको छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार असारसम्म तीन करोड ९ लाख ५४ हजार १४५ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । गत जेठमा दुई करोड ७७ लाख ६ हजार ७११ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो ।

उक्त तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । असारसम्म मोबाइल इन्टरनेटको हिस्सा ७६ दशमलव ०३ प्रतिशत छ । एक करोड २८ लाख ९४ हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको एक करोड ४ लाख र एनसेलको २४ लाख ६२ हजार रहेको जनाइएको छ ।

फिक्स ब्रोडब्याण्डको हिस्सा २५ दशमलव ६६ प्रतिशत रहेको छ । यसमा एडिएसएलका ७ लाख २८५ हजार र एफटिटिएच इन्टरनेट ७ लाख २७ हजार बढी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

लगानी सम्मेलनलाई केन्द्रित गरी  सरकारले कानुन संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

  काठमाडौँ । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न १२ वटा

अचानक आएको हावाहुरीका कारण फेला तालमा डुंगा पल्टिँदा…

गण्डकी । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत, सरकारी र निजी गरी एक सय ४८ वटा राखिने

  काठमाडौँ ।  लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने,