मादी हत्याकाण्डका आरोपी सार्वजनिक, हत्या योजनावद्ध नभएको प्रहरीको निष्कर्ष



संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भएको सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । चैनपुरमा आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले घटनामा संलग्न भनिएका २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो ।

यही भदौ २१ गते बिहान तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभभत्स हत्या भएको थियो । पत्रकार सम्मेलनमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी अरुणकुमार बिसीले अभियुक्त कार्कीले योजनाबद्ध रूपमा घटना नभएर आवेगमा आएर गरेको जानकारी दिए। त्यस्तै अभियुक्तले घटना गराएको स्वीकार गरिसकेको पत्रकार सम्मेलनमा उनले जानकारी दिएका छन् ।

लोकबहादुरले दाउराको घारबाट चिर्पट निकालेर टाउकामा हानेर हत्या गरेको खुलेको डिआइजी बिसीले बताए । त्यसपछि उनले हत्या गरिएको चिर्पट आगोमा डढाएको देखिएको बताए ।

डीआइजी बिसीले भने, ‘यो योजनागत भन्दा पनि आवेसमा आएर गराएको देखिएको छ । मानिसक रूपमा समेत विक्षिप्त भएका लोकबहादुले आफूलाई अवहेलना भएको भन्ने मानसकिताले हत्या गरेको पाइएको छ ।’

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सङ्घीय इकाई प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको अनुसन्धान टोलीले पाँच दिनको अनुसन्धान पछि २६ वर्षीय लोकबहादुर कार्कीलाई नियन्त्रणमा लिएको हो ।

उनले हत्या गर्दा प्रयोग गरेको कपडा र प्रयोग गरेको वस्तु फरेन्सिक जाँचको लागि पठाइएको डीआइजी बिसीले जानकारी दिए । प्रहरीको विभिन्न तहबाट खटिएको टोलीकै कारण हत्यारासम्म पुग्न सफल भएको बिसीले बताए ।

आफूमाथि तेजबहादुरले बारम्बार गरेको अपमानको बदला लिन पहिले उनको हत्या गरेको र पछि परिवारका सदस्यले समेत देखेको हुनाले सबैलाई पालैपालो हत्या गरेको कार्कीले स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । सुरुमा तेजबहादुरको हत्या गरेको र त्यसलाई लुकाउन अरूको हत्या गरेको बयान उनले दिएका छन् ।

मादी नगरपालिका–१, उम्लिङको खोला गाउँमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाति दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाम-२ मा आइतबार बिहानदेखि मात्र मतगणना सुरु हुने

इलाम । इलाम क्षेत्र नम्बर–२ मा आइतबार बिहानदेखि मात्र मतगणना हुने भएको छ

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौँ । ठूला पूर्वाधारमा लगानी जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई दिवसीय तेस्रो लगानी

बाग्लुङबाट पोखरा आउँदै गरेको बस भोटे क्याम्पमा दुर्घटना, १९ जना घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५ हेम्जाको भोटे

मुग्लिन पोखरा सडकको पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र पश्चिमखण्डमा २३