एसिड प्रहार गर्ने पतिलाई १० वर्ष छ महिना कैद सजाय



जनकपुरधाम । धनुषाकी आरती साहमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जीव साहलाई जिल्ला अदालत धनुषाले कैद सजायसहित जरिवाना र क्षतिपूर्ति तिराउने फैसला सुनाएको छ । जिल्ला अदालत धनुषाका सूचना अधिकारी गङ्गाकुमार मिश्रले अदालतले आरतीमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जिवलाई १० वर्ष छ महिना कैद, छ लाख ५० हजार जरिवाना र छ लाख ५० हजार क्षतिपूर्ति तिराउने फैसला सुनाएको जानकारी दिए ।

गत साउन २५ गते जिल्ला अदालत धनुषाको इजलास नं ३ का न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले आरतीका पति सञ्जीवलाई दोषी ठहर गरेको थियो । सोही घटनामा संलग्न रहेका एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई भने सफाइ दिएको थियो ।

गत कात्तिक २९ गते दिपावलीका दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले २६ वर्षीया श्रीमती आरती साह र ३ वर्षीया छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।

एसिड प्रहारबाट गम्भीर घाइते भएपछि आरतीको जनकपुरमा उपचार हुन नसकी काठमाडौँ ल्याएर उपचार गरिएको थियो । आरतीको शरीरको २५ प्रतिशत भाग जलेको थियो । आरतीमाथि एसिड प्रहार गरेकै दिन सञ्जीव पक्राउ परेका थिए भने सञ्जीवको बयानका आधारमा एसिड बेच्ने व्यापारीलाई एक हप्तापछि पक्राउ गरिएको थियो ।

घटनापश्चात् सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा सञ्जीव र एसिड बेच्ने व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष छ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए ।

दुवै जनाविरुद्ध अङ्गभङ्ग, कुरुप र एकीकृत कसुर गरी छ वटा कसुरको सजायका लागि माग दाबी गरिएको थियो । अङ्गभङ्गमा पाँच वर्ष, कुरुप बनाएकामा आठ वर्ष र एकीकृत कसुरको थप दुई वर्ष छ महिना सजाय माग गरिएको थियो ।

यस मुद्दामा यसअघि छ वटा पेशी भए पनि विभिन्न कारणले स्थगित गरिएको थियो । चार वर्षअघि मात्रै आरतीको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा निवासी सञ्जीवसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।

एसिड आक्रमणबाट आरतीको दाँहिने आँखा गुम्नुका साथै घाँटी, छातीलगायतका अङ्ग जलेर कुरुप बनेको छ । एसिड आक्रमणमा परी उनकी छोरी रियाको दाँहिने हात र टाउकामा खत बसेको छ । घरायसी विवादका कारण माइतमा बस्दै आएकी आरतीमाथि सञ्जीवले एसिड प्रहार गरेको आरतीकी आमा सुनिता देवीले बताइन् ।

यसैबीच एसिड पीडित आरती साहलाई प्रदेश सरकारले पाँच लाख आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले एसिड पीडित साहलाई आजै सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकास खर्च गर्न सरकार असफल, ११ महिनामा ४० प्रतिशत मात्र खर्च

काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहँदा विकास

सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस, ‘कुलिङ पिरियड’ दुई वर्ष

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको

३९ लाख ५० हजार रुपैयाँ बिगो भएका बैंकिङ कसुरका तीन प्रतिवादी पक्राउ

काठमाडौं । ३९ लाख ५० हजार रुपैयाँ बराबरको बिगो भएका बैंकिङ कसुरका तीन

सदन खोल्ने विषयमा सत्तापक्षसँग कुनै लेनदेन भएको छैनः उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)