विद्यालय पुनर्निर्माणमा खटिएका ३२० इन्जिनीयर आन्दोलनमा



काठमाडौं । असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनीयर र सब इन्जिनीयरले काम रोकी विरोध शुरु गरेका छन् ।

शिक्षा मन्त्रालयमा विसं २०३६ देखि कार्यरत ३२० इन्जिनीयरलाई २०७६ देखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत विद्यालय पुनर्निर्माणमा खटाइएको थियो । असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि ११० इन्जिनीयर र सब इन्जिनीयर राखी अरूलाई बिदा गर्ने निर्णय गरेपछि कर्मचारी आन्दोलनमा उत्रिएको सङ्घर्ष समितिका अध्यक्ष भैरव धितालले जानकारी दिए ।

सङ्घर्ष समितिले सबैलाई पुरानै दरबन्दीमा राख्नुपर्ने माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विनाविभागीय मन्त्री मोहन बानियाँलाई ज्ञापनपत्र बुझाएको छ ।

सबै कर्मचारीलाई पुनस्र्थापनाको माग गर्दै प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लाई पनि जानकारी गराएर असार १ गतेदेखि काम ठप्प गरिएको समितिले जनाएको छ । सबै जिल्लाका शिक्षा समन्वय एकाइमा कामबाट हटाइएका इन्जिनीयर र सब इन्जिनीयरलाई दरबन्दीमा राख्नुपर्ने समितिको माग छ ।

जेठ २८ गते मन्त्री, आयोजना प्रमुख, जिल्ला आयोजना प्रमुखलगायतलाई जानकारी गराए पनि समस्या समाधानमा पहल नगरेकाले असार १ गतेदेखि एक साताका लागि सबै काम ठप्प पारिएको समितिका सचिव इन्द्रबहादुर रोकायाले जानकारी दिए । थप सङ्घर्षका कार्यक्रम केही दिनमा घोषणा गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

  मनाङ ।  विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा

पूर्वी चितवनमा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न