दैलेखमा उन्नत जातको धानखेतीमा किसानको आकर्षण



दुल्लु । पछिल्लो समय स्थानीय रैथाने जातका धान रोप्न छाडेर किसानले उन्नत जातका धान रोप्न थालेका छन् । जिल्लाका अधिकांश खेतमा किसानले पुरानो रैथाने जातका धान डेरादुने, झ्याले, भुरसाले, गुणे र कालेगुणेलगायतका रोप्ने गर्दथे ।

पछिल्लो समय किसानले यी सबै पुराना जातका धान छाडेर उन्नत जातका धान लगाउन थालेका छन् । नारायण नगरपालिका–२ का किसान हरि थापाले रैथाने धान रोप्न छाडेको दुई वर्ष भएको बताए ।

पहिले स्थानीय जातको धान लगाउने भए पनि आफूले अहिले छाडेको पुरानो धान कम फल्ने अनि मेहनत बढी गर्नुपर्ने भएकाले उन्नत जातको धान लगाउने गरेको सुनाए ।

पछिल्लो समय रैथाने जातका धान लगाउनेको सङ्ख्याभन्दा उन्नत जातको धान लगाउनेको सङ्ख्या ह्वात्तै बढेको छ । कम सिँचाइमा धेरै उत्पादन हुने र गोड्न पनि नपर्ने हुँदा पुरानो धानभन्दा उन्नत जातका धान लगाउनतर्फ किसानको आकर्षण बढेको ललित रिजालले बताए ।

महाबु गाउँपालिकाका कृषि प्राविधिक सूर्य न्यौपानेले स्थानीय जातको धानमा उत्पादन बढाउन नसक्नु, यसको फाइदाबारे जानकारी गराउन नसक्नु र संरक्षणमा ध्यान दिन नसकेका कारण लोप हुने खतरा बढेको बताए ।

अहिले किसानले युएस–३१२, युएस–३०५, युएस शङ्करलगायतका उन्नत जातका धान बजारबाट खरिद गरी लगाउने गरेका छन् । आफ्नो पसलबाट मात्रै ४० क्विन्टल बीउ बिक्री गरेको किसान एग्रोभेट दैलेखका सञ्चालक कनक खड्काले जानकारी दिए ।

दैलेखका नौमुले, डुङेश्वर, राकम कर्णाली, भैरवी, पादुकालगायतका सेराखेतमा रैथाने गुणे र कालो गुणे लगाइने भए पनि यस वर्ष त्यहाँ पनि किसानले नलगाउने सम्भावना बढेको दुईपटक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत सर्वजित भण्डारीले आशङ्का व्यक्त गरे ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिलक पाण्डे रैथाने बाली प्रवद्र्धनका लागि अनुदानसमेत दिने गरिएको बताउँछन् । “किसानको पुरानो धान खेतीमा आकर्षण नहुनु भनेको प्रवद्र्धन गर्न नसक्नु नै हो, सबैभन्दा उत्पादन कम हुनु हो, यसका लागि अरुभन्दा किसान नै बढी लाग्नुपर्छ”, उनले भने ।

जिल्लाको कुलखेतीयोग्य जमिन ४१ हजार १३१ हेक्टर रहेको छ भने त्यसमध्ये छ हजार ५१७ हेक्टर जमिनमा धानखेती गर्ने गरेको पाण्डेले जानकारी दिए । अहिले ६० प्रतिशत किसानले उन्नत जातका धान रोप्ने आकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा

पूर्वी चितवनमा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न