पाँचखालका किसानलाई ६० थान हाते ट्याक्टर वितरण



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाका किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ ।

कृषिमा आधुनिकीकरण तथा यान्त्रिकीकरण गरी कम लगानीमा बढी आम्दानी लिन सकियोस् भन्ने उद्देश्यले पाँचखाल नगरपालिका ९ र ११ का किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका प्रमुख महेश खरेलका अनुसार किसानको ५० प्रतिशत र वडा कार्यालयको ५० प्रतिशत लगानीमा खरिद गरिएको ६० थान हाते ट्र्याक्टर किसानलाई वितरण गरिएको हो । वडा नं ११ को वडा कार्यालयमा भएको कार्यक्रममा नगरप्रमुख खरेल, उपप्रमुख लक्ष्मी दनुवार, वडाध्यक्ष शिवशरण लामा, वडासदस्य हिराकाजी तथा वडासचिवलगायतको उपस्थितिमा स्थानीय किसानलाई ३५ थान हाते ट्र्याक्टर वितरण गरिएको थियो ।

त्यस्तै वडा नं ९ मा ट्र्याक्टर वितरण गरेको कार्यक्रममा वडाध्यक्ष किरण श्रेष्ठले २५ थान हाते ट्र्याक्टर किसानलाई हस्तान्तरण गरेका छन् । नगरपालिका उपप्रमुख दुनुवारले कम लगानी, समयको बचतका साथै थोरै समयमा धेरै काम गर्न सकिने भएकाले वितरण गरेको बताईन् ।

वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठले वडाले ‘एक घर, एक ट्र्याक्टर’ अभियान सञ्चालन गरेअनुरुप ती सामग्री वितरण गरेको बताए। यसअघि पनि वडाका ८१ वटा समूहले ट्र्याक्टर वितरण गरिसकेको उनले बताए। नगरपालिकाका अन्य वडाले पनि किसानका लागि ट्र्याक्टर वितरण गर्ने काम गरिँदै आएको छ ।

पाँचखाल नगरपालिकाले ‘पाँचखाल नगर, कृषि शहर’ नाराका साथ कृषि क्षेत्रको विकास, प्रवद्र्धन र किसानको हितका लागि विविध कार्यक्रम आयोजना गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागीबाट यसरी सखाप भयो महोत्तरीको मटिहानीको एक बस्ती(फोटोफिचर)

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

  भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज

जनकपुरको एक होटलमा एक युवक मृत फेला

जनकपुरधाम । जनकपुरको एक होटलमा एक युवक मृत फेला परेका छन् । जनकपुरको