प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा ४० लाख बराबरको क्षति



चितवन । चितवनको भरतपुर महानगरपालिका–१० चौबीसकोठीमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

सोमबार साँझ एक्कासि आगलागी हुँदा अनुमानित४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो । कार्यालयका अनुसार आगलागीबाट बैंकको १० थान कम्प्युटर, १० थान विभिन्न किसिमका प्रिन्टर, दुई थान फोटोकपी मेसिन, टेलिफोन सेट, पैसा गन्ती गर्ने मेसिन, दुई थान एसीमेसिन, स्टेटमेन्ट प्रिन्टर मेसिन, टोकन मेसिन, स्क्यानर मेसिन, पङ्खा, हाजिर गर्ने मेसिन र फेकनट डिटेक्टर मेसिन जलेर नष्ट भएको छ ।

यस्तै सिसीक्यामेरा, काउण्टरमा राखिएको डिस्प्ले, बिजुलीको मिटर, कुर्सी, टेबुल, फाइल ¥याक, स्टोर र्याक क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट आन्तरिक सजावट, एयरकण्डिशन, वाइरिङलगायत पनि पूर्णरूपमा क्षति भएको छ । बैंकमा सोमबार साँझ ५ बजे एक्कासि आगलागी भएको थियो ।

नेपाल प्रहरी, सेनाको कालीबहादुर गण भरतपुर, भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो साँझ अबेर नियन्त्रणमा आएको थियो । विद्युत् चुहावट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अख्तियारद्वारा कर अधिकृत ढकालविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ५० हजार घुस लिएको अभियोगमा

ओलीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णयका कारण मुलुक संकटमाः देउवा

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण संविधान

न्याय परिषद्को सदस्यमा भण्डारी नियुक्त

काठमाडौँ । न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी नियुक्त भएका छन् ।

काठमाडौं महानगरपालिकाले ल्यायो १८ अर्ब ९५ करोडको बजेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८/७९