चट्याङ लागेर एक जनाको मृत्यु, आठ घाइते



गुल्मी । मुसिकोट नगरपालिकामा चट्याङ लागेर एकको ज्यान गएको छ भने अन्य आठजना घाइते भएका छन् । ज्यान जानेमा मुसिकोट नगरपालिका–४ दजाकोट निवासी १८ वर्षीया करिश्मा गाहा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चट्याङले लागेर घाइतेहरुलाई अस्पताल ल्याउने क्रममा गाहाको ज्यान गएको हो । शुक्रबार बिहान ५ः३० बजे घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा सोही ठाउँका ४२ वर्षीया जुनी गाहा, १८ वर्षीया मेलिना गाहा, आठ वर्षीया जेनित गाहा, ३८ वर्षीय तुलबहादुर गाहा, ६० वर्षीय उजुर सिंह गाहा, ५५ वर्षीया फटिकला गाहा, ३२ वर्षीय चित्रबहादुर गाहा र २८ वर्षीया ज्योति गाहा घाइते भएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

घाइतेमध्ये चार जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अन्य चार जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अनुहारलगायत शरीरमा चोट लागेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्याक्टर दुर्घटना हुँदा बागलुङमा सहचालकको मृत्यु

बागलुङ । बागलुङमा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

भक्तपुरमा किशोरी बलात्कार गर्ने काभ्रेका चौलागाईँ काठमाडौंबाट पक्राउ

भक्तपुर । किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षिय जयराम

डुवानमा परेका भीमदत्तनगरका परिवारको बिचल्ली

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का ६८ वर्षीया हेमादेवी केसी ऐरीघाट नजिक घर

किसानकै गोठमै पुगेर वडाले गरिदियो निःशुल्क पशु बीमा

झापा । झापाको शिवसताक्षी नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा