बर्दियाको नरभक्षी बाघ सदर चिडियाखानामा



काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । यही चैत २२ गते डार्ट गरी नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघलाई चिडियाखानामा मंगलबार ल्याईएको हो ।.

निकुञ्जमा कार्यरत हात्तीका पछुवा पुलिसराम थारुको राष्ट्रिय गैँडा गणना कार्यक्रम–२०२१ मा सहभागी भइरहेकै अवस्थामा सोही बाघको आक्रमणबाट यही चैत २२ गते मृत्यु भएको हो । उक्त बाघलाई त्यसैदिन बेलुका ८ बजे नियन्त्रणमा लिइएको थियो ।

केही महिनायता बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र खाता जैविकमार्ग वरपर सिलसिलाबद्ध रूपमा भएका मानव–बाघ द्वन्द्वका घटनाले मानवीय क्षति व्यहोर्नुपरेको थियो । चालु आर्थिक वर्षमा मात्र बाघको आक्रमणबाट १० जना मानिसको मृत्यु हुन पुगेको छ ।

जसमध्ये तीन निकुञ्जभित्र, पाँच जैविक मार्ग क्षेत्रमा र दुई मध्यवर्ती क्षेत्रको जङ्गलमा भएका हुन् । सिलसिलाबद्ध रूपमा मानव–बाघ द्वन्द्व बढिरहेका बेला सरोकारवाला निकायलाई यो द्वन्द्वको तत्काल समाधान गर्न दबाब बढिरहेको छ ।

यसै सिलसिलामा गत एक वर्षभित्रमा बर्दियाको विभिन्न स्थानबाट मान्छे खान पल्किएका चार बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, देवीदत्तगण र नेपाल प्रहरीको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ ।

त्यसमध्ये एक बाघलाई आज चिडियाखानामा ल्याइएको, एक बाघ बर्दियामै राखिएको, एक बाघ केही दिन बाँकेमा राखिएको अवस्थामा फुत्किएर पुनः जङ्गलमै फर्किएको र एक बाघ बूढो भएको र नियन्त्रणमै रहेको अवस्थामा मरेको चिडियाखानाका सूचना अधिकारी लिना चालिसेले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ

२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका