हनी ट्यापमा फसाएर रकम असुली गरेको अभियोगमा दुई महिला पक्राउ



काठमाडौं । हनी ट्यापमा फसाएर रकम असुली गरेको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० घर भइ काठमाडौं घट्टेकुलो बस्ने ललिता भन्ने ३७ वर्षीया लालसरी शाही र सोही ठाउँ घर भइ काठमाडौं कपन बस्ने ३७ वर्षीया कल्पना हमाल छन् ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने एक पुरुषलाई लालसरीले काठमाडौं सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाइ गोप्यरुपमा भिडियो बनाएर म्यासेन्जरमार्फत ब्ल्याकमेलिङ गरी आईएमईमार्फत् लाखौं रुपैयाँ लिने कार्यमा संलग्न उनीहरूलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

संस्थागत कामको सिलसिलामा लालसरीले चिनजानका ५२ वर्षीय पुरुषलाई सुन्धारास्थित होटलमा सबै पैसा हराएको कारण सहयोग गरिदिन अनुरोध गरेपछि ती पुरुषको समेत गोप्य भिडियो बनाई पैसा नदिए घरपरिवार साथै प्रहरी समेतमा उजुरी दिई फसाइदिने भन्दै पटक पटक गरी ३ लाख २ हजार ५ सय रुपैयाँ लिईसकेको अनुसन्धानबाट खुल्न आएको छ ।

लालसरी ०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा जिल्ला अदालत बाँकेबाट १४ वर्ष जेल सजाय फैसला भएकोमा ७ वर्ष जेल बसी उच्च अदालत बाँकेको फैसलाले ०७४ मंसिर २२ गते १ लाख रुपैयाँ धरौटीमा छुटेको खुलेको छ ।

लालसरी र कल्पनाले सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका लेखापाललाई फसाउने नियतले उनी विरुद्ध ०७७ असोज ६ गते करणी मुद्दामा दिएको जाहेरी झुटा ठहरिएकोले लालसरीविरुद्ध जिल्ला अदालत सुर्खेतबाट ३ वर्ष ६ महिना जेल सजाय फैसला भएको थियो । उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिरोले घर बगाउँदा सोलुखुम्बुमा पाँच जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो, उपत्यकापछि काभ्रेमा सबैभन्दा बढी मानवीय क्षति, ७२ बेपत्ता

काठमाडौँ । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र

वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको

धादिङमा पहिरोले पुरिएका बसमा १४ जनाको शव फेला

मलेखु । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका