६ लाख घुस लिने मालपोतका नासुविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । बाराको सिमरास्थित मालपोत कार्यालयका नायवसुब्बा मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गा फुकुवा गर्दिन्छु भन्दै ६ लाख रुपैयाँ घूस लिएको अभियोगमा आयोगले उनीहरूलाई विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भन्दै उनीहरुले सर्जमिन मुचुल्का गरी सिफारिस पठाएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।

जग्गा फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने भन्दै उनीहरूले ६ लाख रुपैयाँ घूस मागेका थिए । घुस लिइसकेको अवस्थामा उनीहरूलाई अख्तियारले केही सयम अघि नियन्त्रणमा लिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिरोले घर बगाउँदा सोलुखुम्बुमा पाँच जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो, उपत्यकापछि काभ्रेमा सबैभन्दा बढी मानवीय क्षति, ७२ बेपत्ता

काठमाडौँ । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र

वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको

धादिङमा पहिरोले पुरिएका बसमा १४ जनाको शव फेला

मलेखु । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका